दुई महिनामा बैंकहरुले कमाए साढे १७ अर्ब भन्दा बढी नाफा, कुन बैंकले कति बढाए?

Oct 20, 2024 02:04 PM Merolagani



गत दुई महिनामा वाणिज्य बैंकहरुले साढे १७ अर्ब भन्दा बढी नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याँक अनुसार भदौ महिनासम्ममा बैंकहरुले १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ नाफा कमाएका हुन्।

गत आर्थिक वर्षको पहिलो २ महिनामा बैंकहरुले १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका थिए। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंकहरुले १ खर्ब ४ करोड अर्थात ६.३ प्रतिशतले नाफा बढाएका छन्।

  • कुन बैंकले बढायो सबैभन्दा धेरै नाफा?

भदौसम्मको तथ्याँक अनुसार नेपाल एसविआई बैंकले गत वर्षको तुलनामा सबैभन्दा धेरै नाफा बढाएको छ। गत आर्थिक वर्षको पहिलो २ महिनामा २७ करोड २९ लाख रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ५३ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ जुन अघिल्लो वर्षको तुलनामा ९५ प्रतिशतले धेरै हो।

यसैगरी कृषि विकास बैंकले पनि ४४ प्रतिशतले नाफा बढाएको छ भने प्रभु बैंकले ३७ प्रतिशत, सानिमा बैंकले ३४ प्रतिशत, सिटिजन्स बैंकले ३३ प्रतिशत र स्ट्यान्डर्ड चाटर्ड बैंकले २५ प्रतिशतले नाफा बढाएका छन्।

२० वाणिज्य बैंकमा ६ वटा बैंकको भने नाफा घटेको छ। एनआइसी एशिया बैंकको नाफा २७ प्रतिशतले घटेको छ भने ग्लोबल आइएमई बैंकको १० प्रतिशत, कुमारी, हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ प्रतिशतले घटेको छ।

  • धेरै नाफा कमाउनेमा नबिल बैंक नै अगाडि

वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक नै अगाडि देखिएको छ। भदौ महिनासम्ममा बैंकले १ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको छ जुन वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै हो।

यता ग्लोबल आइएमई बैंक पनि १ अर्ब ५६ करोड रुपैयाँ नाफा कमाएर नबिलसँग प्रतिस्पर्धामा उत्रिएको छ।

यता नेपाल एन्भेष्टमेन्ट मेगा बैंकले पनि १ अर्ब ४१ करोड नाफा कमाएको छ भने हिमालयन बैंकले १ अर्ब १६ करोड र कुमारी बैंकले १ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको छ।

यस बाहेक अन्य बैंकले भने १ अर्ब रुपैयाँभन्दा कम नाफा कमाएका छन्। अन्य मध्यम बैंकहरुमा पनि नाफामा चर्को प्रतिस्पर्धा देखिएको छ।

 




comments powered by Disqus

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।