काराेबार रकमले यस्ताे देखाउँदै बजारकाे अवस्था

Oct 27, 2024 05:34 PM Merolagani



साताको पहिलो कारोबार दिन पनि बजार बढ्न सकेन । यस दिन नेप्से सूचक ९.१९ विन्दुले घटेर २६१७.९५ अंकमा झरेको छ । ४ अर्ब ७३ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।

बजारमा बैंक तथा वित्तीय संस्थाले तीन महिनाको प्रगति विवरण सार्वजनिक गरेपछि त्यसको प्रभाव बैंकको शेयरमा देखिन थालेको छ । जसले गर्दा नेप्से सूचकमा ठूलो दाबाव परेको लगानीकर्ताहरुको बुझाई छ ।

पछिल्ला केही दिनको बजारले २६ सयकै मनोवैज्ञानिक विन्दुलाई परिक्षण गर्दै गरेको हो कि भन्ने बुझाएको छ । बजार घट्नु पर्ने कारण नदेखिएता पनि राजनीतिक अस्थिरता, सरकार परिवर्तन हल्लाले बजारमा प्रभावित भएको लगानीकर्ताहरुको भनाई छ ।

 




comments powered by Disqus

वाणिज्य बैंकहरुको खुद नाफा साढे २१ प्रतिशत बढ्यो, कुन बैंकले कति कमायो?

Oct 23, 2024 08:52 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.६३ प्रतिशत बढी हो।