केटिएम नेपालको “ केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स” सम्पन्न

Oct 28, 2024 06:20 PM Merolagani



केटिएम नेपालले हालसालै बहुप्रतिक्षित “केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स” कार्यक्रम सफलतापूर्वक समापन गरेको छ । यही कार्तिक ९ र १० गते भक्तपुरको एडभान्स राइडिङ एकेडेमीमा आयोजित यो २ दिने कार्यक्रमले २५० भन्दा बढी मोटरसाइकल प्रेमीहरूलाई केटिएमका विभिन्न मोडेलहरूको रोमाञ्चक अनुभव र “हट ल्याप च्यालेन्ज” मा सहभागी हुने अवसर प्रदान ग-यो।

कार्यक्रमको पहिलो दिन सहभागीहरूले विशेष रूपले तयार गरिएको ट्रयाकमा केटिएम २०० ड्युक, २५० ड्युक, २०० आरसि र ३९० ड्युक मोडेलहरू टेस्ट राइड गर्ने अवसर पाए । यसका साथै, अनुभवी राइडरहरूले प्रशिक्षण सत्रहरू सञ्चालन गरेका थिए जसले सहभागीहरूलाई सवारी सीप र सुरक्षा सम्बन्धी महत्त्वपूर्ण सुझावहरू प्रदान गर्दै थप रोमाञ्चक र जानकारीमूलक बनाएको थियो ।

दोस्रो दिन “हट ल्याप च्यालेन्ज” आयोजना गरिएको थियो जहाँ प्रतिस्पर्धीहरू प्रो रेसरहरू, अमेच्योरहरू र महिला गरी ३ समूहमा विभाजित गरिएका थिए । सहभागीहरूले ६–६ ल्यापको टाइम ट्रायलमा प्रतिस्पर्धा गरेका थिए, जसमा हरेक समूहमा सबैभन्दा छिटो समय निकाल्ने प्रतिस्पर्धीहरूलाई सम्मानित गरिएको थियो ।

“केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स” ले नेपालमा मोटरसाइकल प्रेमीहरूको समुदायलाई केटिएमको प्रतिबद्धता झल्काउने उत्कृष्ट अवसर प्रस्तुत गरेको छ । यसले सवारी सीपमा सुधार र रोमाञ्चक प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्न सफल बनाएकाे कम्पनीकाे भनाइ छ  । केटिएम नेपालले भविष्यमा यस्तै रोमाञ्चक कार्यक्रमहरू आयोजना गर्दै नेपालको सवारी समुदायलाई प्रेरित र संलग्न गराउन तत्पर गरेकाे जनाएकाे छ ।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।