धनतेरसकै दिन सुन ताेलामै १,५०० बढ्याे, मूल्य ऐतिहासिक उचाईमा, कतिमा हुँदैछ कारोबार ?

Oct 29, 2024 11:27 AM Merolagani



कात्तिक १३ गते मंगलबार, सुनकाे भाउ ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन अर्थात धनतेरसका दिन सुनको मूल्यले नयाँ उचाई बनाएको हो । यस दिन सुनकाे मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले बढेको हो । धनतेरसका दिन सुन र चाँदी खरिद गर्नेहरु धेरै हुन्छन् ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त मूल्य नै हालसम्मकै उच्च हो । सोमबार छापावाला सुन प्रतितोला एक लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो । गत आईतबार छापावाला सुन प्रतितोला एक लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आईतबार कायम मूल्यलाई ब्रेक गर्दै सुनको मूल्यले नयाँ उचाई कायम गरेको हो ।

यस दिन चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । मंगलबार बजारमा चाँदी प्रतितोला दुई हजार १०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।