विश्व लगानीकर्ता सप्ताह–२०२४ का अवसरमा ग्लोबल आइएमई क्यापिटले गर्‍यो लगानीकर्ता साक्षरता कार्यक्रम

Oct 29, 2024 01:22 PM merolagani



विश्व लगानीकर्ता सप्ताह–२०२४ का अवसरमा ग्लोबल आइएमई क्यापिटले लगानीकर्ता साक्षरता कार्यक्रम गरेको छ।

धितोपत्र नियमन निकायहरूको अन्तर्राष्ट्रिय सङ्गठन इन्टरनेशनल अर्गनाइजेसन अफ सेक्युरिटी कमिसन को आह्वानमा विश्व लगानीकर्ता सप्ताह–२०२४को अवसर पारेर यही मिति २०८१ कार्तिक ६–१२ सम्म नेपाल धितोपत्र बोर्ड तथा नेपाल मर्चेन्ट बैंकर्स संघको समन्वयमा ग्लोबल आइएमई क्यापिटलले चौतारा बहुमुखी क्याम्पस, चौतारा, सिन्धुपाल्चोकमा २०८१ कार्तिक ९ गतेका दिन धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरूलाई लगानी शिक्षा,सचेतना तथा बजार विकास लगायतका बारेमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको हो।

उक्त कार्यक्रममा ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट कम्पनी सचिव छविलाल शर्मा पौडेलले पूँजी बजारसँग सम्बन्धित विभिन्न पक्षहरूको बारेमा प्रस्तुति दिएका थिए। कार्यक्रममा प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका उप–मेयर सीता थापाले पूँजी बजारसँग सम्बन्धित साक्षरता कार्यक्रमले लगानीको बारेमा आधारभूत ज्ञान प्राप्त गर्ने अवसर मिलेको र शेयरमा लगानी गरेमा बढी भन्दा बढी आय आर्जन गर्न सकिने बताइन्।

अतिथिकाे रूपमा वडा नं.५ का वडाध्यक्ष शिव श्रेष्ठले विद्यार्थी भाइवहिनीहरुले यस्ता कार्यक्रमबाट शेयरको प्राथमिक बजारमा लगानी गरी अधिकतम लाभ लिन सक्ने बताए।

त्यसैगरी कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका चौतारा बहुमुखी क्याम्पसका प्राध्यापक तथा श्रीकृष्ण रत्नगंगा उच्च मा.वि.का शिक्षक हरि गोपाल श्रेष्ठले यस कार्यक्रमबाट आफूले शेयरको बारेमा धरै कुरा बुझ्न सहयोग मिलेको बताउँदै विद्यार्थी भाइवहिनीहरुलाई विभिन्न कम्पनीले निष्कासन गर्ने शेयरमा लगानी गरेमा फाइदा हुने र पढ्दै कमाउँदै गर्न सकिने धारणा राखे। त्यसै गरी ग्लोबल आइएमई बैंक का चौताराका शाखा प्रमुख नवीन श्रेष्ठले डिम्याट तथा मेरो शेयर खाता खोली पूँजी बजारमा आबद्ध हुन उपस्थित सबैमा अनुरोध गरे।

कार्यक्रममा चौतारा बहुमुखी क्याम्पसका प्राध्यापक,विद्यार्थी तथा कर्मचारीहरू,श्रीकृष्ण रत्नगंगा उच्च मा.वि.का शिक्षक,विद्यार्थी तथा कर्मचारीहरू,विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिहरू तथा सरोकारवाला निकायको उलेख्य सहभागिता रहेको थियो। विश्व लगानीकर्ता सप्ताहबाट धितोपत्र सम्बन्धी सूचना,गतिविधि तथा महत्वका बारेमा नयाँ लगानीकर्तालाई जानकारी दिन तथा पुराना अनुभवी लगानीकर्तालाई थप प्रोत्साहन गर्नको लागि सिन्धुपाल्चोकको चौतारामा गरिएको उक्त कार्यक्रमले सहयोग पुग्ने विश्वास गरिएको छ ।




घरबाटै काम गर्न सरकारको आह्वान

Apr 07, 2026 03:07 PM

युद्धका कारण इन्धन संकट चुलिएको भन्दै सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ । सरकारले विश्वबजारमा इन्धान संकट गहिरीनुका साथै मूल्यवृद्धि समेत आकशिएकाले इन्धन खपतका लागि घरबाटै काम गर्न आग्रह गरेको हो ।