एनआइएमबि एस क्यापिटलद्वारा बिद्यार्थीहरुलाई लगानी सम्बन्धि शिक्षा तथा सचेतना कार्यक्रम

Oct 29, 2024 01:25 PM Merolagani



एनआइएमबि एस क्यापिटल लिमिटेड(NIMBCL)को आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ को सन्दर्भमा शुक्रबार सिन्धुपाल्चोकको चौतारमा रहेको श्री कृष्ण रत्न माध्यमिक बिधालयमा कक्षा ११ र १२ मा अध्यनरत करिब १०० जना बिद्यार्थीहरुलाई लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन गरेको छ ।

उक्त कार्यक्रमको मुख्य उद्देश्य धितोपत्र बजारका लगानीकर्ताहरूलाई शिक्षा, सचेतना र बजारका विभिन्न पक्षहरूमा जानकारी प्रदान गर्नु रहेकाे कम्पनीले जनाएकाे छ ।

विश्व लगानीकर्ता सप्ताह २०२४ एक हप्ता लामो, अन्तर्राष्ट्रिय धितोपत्र बजार नियमनकर्ता संगठन (आईओएससीओ)द्वारा प्रवर्द्धन गरिएको विश्वव्यापी अभियान हो जसले लगानीकर्ता शिक्षा र संरक्षणको महत्व बारे चेतना जगाउन र यी दुई महत्वपूर्ण क्षेत्रहरूमा धितोपत्र नियामकहरूको विभिन्न पहलहरूलाई केन्द्रिकृत गर्दछ ।

कार्यक्रममा लगानीकर्ता सप्ताह २०२४ को मुख्य विषयवस्तुसँग नेपाली सेयर बजारका विभिन्न पक्षहरुको सम्वन्धका बारेमा पनि छलफल गरिएको थियो । उक्त कार्यक्रममा स्मार्ट लगानीकर्ताका विशेषतासहित नेपाली लगानीकर्ताको व्यवहारिक पक्षबारे पनि छलफल गरिएको थियो ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।