अब पर्खदैन बजारले ! छिट्टै नयाँ उचाई देख्न पाइने

Oct 29, 2024 05:34 PM Merolagani



पछिल्ला दुई कारोबार दिन बजार सकारात्मक भएको छ । आजको बजार ४६.६९ विन्दुले बढेर २६९२.०५ अंकमा पुगेको छ भने कारोबार रकमले पनि यसलाई साथ दिएको छ ।

बजार फराकिलो अंकले बढेर २७ सयको विन्दुको नजिक पुगेर बन्द भएको छ । यो बढाइलाई बुलको अन्तरालमा नै आउने ठुलो करेक्सन पछिको बलियो यात्रा रहेको लगानीकर्ताहरुको बुझाई छ ।

बजार बढ्नको लागि प्रसस्तै कारणहरु रहेका छन् । बैंकको घट्दो ब्याजदरलाई धेरै समय बजारले नकार्न सक्दैन । बजारले ढिलो चाडाे त्यसको प्रतिकृया जनाउने गर्छ ।

यसैगरी,बैंक–वित्तीय संस्थाहरुको नाफा सुधारात्मक देखिएको छ । यसको प्रभाव बजारमा विस्तारै पर्नेमा आशावादी रहेका छन । त्यसैले बजारले अहिलेको विन्दुलाई फर्केर नहेर्ने लगानीकर्ताहरुको भनाइ छ ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।