अब पर्खदैन बजारले ! छिट्टै नयाँ उचाई देख्न पाइने

Oct 29, 2024 05:34 PM Merolagani



पछिल्ला दुई कारोबार दिन बजार सकारात्मक भएको छ । आजको बजार ४६.६९ विन्दुले बढेर २६९२.०५ अंकमा पुगेको छ भने कारोबार रकमले पनि यसलाई साथ दिएको छ ।

बजार फराकिलो अंकले बढेर २७ सयको विन्दुको नजिक पुगेर बन्द भएको छ । यो बढाइलाई बुलको अन्तरालमा नै आउने ठुलो करेक्सन पछिको बलियो यात्रा रहेको लगानीकर्ताहरुको बुझाई छ ।

बजार बढ्नको लागि प्रसस्तै कारणहरु रहेका छन् । बैंकको घट्दो ब्याजदरलाई धेरै समय बजारले नकार्न सक्दैन । बजारले ढिलो चाडाे त्यसको प्रतिकृया जनाउने गर्छ ।

यसैगरी,बैंक–वित्तीय संस्थाहरुको नाफा सुधारात्मक देखिएको छ । यसको प्रभाव बजारमा विस्तारै पर्नेमा आशावादी रहेका छन । त्यसैले बजारले अहिलेको विन्दुलाई फर्केर नहेर्ने लगानीकर्ताहरुको भनाइ छ ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।