लाभांश घोषणा सहित सोल्टी होटलले बोलायो साधारण सभा

Oct 30, 2024 10:13 AM Merolagani



सोल्टी होटल (SHL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा सहित साधारण सभा बोलाएको छ।

होटलले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित २६.८४२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सो लाभांश प्रस्ताव पारित गर्न होटलले पुन ४ गते, नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादी, काठमाडौँमा ५० औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।