बोनस घोषणा सहित विन्ध्यबासीनी हाइड्रोपावरले बोलायो साधारण सभा

Oct 30, 2024 11:09 AM Merolagani



विन्ध्यबासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (BHDC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा सहित साधारण सभा बोलाएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।

सो प्रस्ताव पारित गर्न कम्पनीले मंसिर ६ गते, बिहीबार, आफ्नो कार्यालय परिसर, नयाँ बानेश्वर, काठमाडौँमा भौतिक तथा भर्चुअल माध्यमबाट आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले लाभांश प्रस्तावका साथै सञ्चालक समितिको संख्या संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।