देवताको अमृत चोरेर अमर बनेको कागको व्यवस्थापनकला, काम गर्नु अगाडि पटक्कै हल्ला नगर्ने, घर नबनाएसम्म यौन सम्पर्क नगर्ने

Oct 30, 2024 03:32 PM mero lagani



काग ज्यादै धूर्त र चोर पक्षीको रूपमा बदनाम छ । देवताका आँखा छलेर अमृत चोरेर खाएको थाहा पाएर आश्चर्यमा परेका देवताहरु रिसाउनुको साटो अजम्बर (कहिल्यै बूढो नहुने) बरदान दिएकोले काग कहिल्यै पनि बुढो हुँदैन भन्ने भनाइ छ ।

उक्त भनाई अनुसार अमृत पिएको कागले दुबोमा चुच्चो पुछेकोले दुबो घाँस पनि अजम्बर हुन्छ ।

त्यसैले काग त्यसै मर्दैन, अकालले मात्र मर्दछ भनिन्छ । कुनै दुर्घटनावस एउटा काग मरेमा वरपरका कागहरु मलामी जाने गरेको अनुसन्धानकर्ताहरु बताउँछन् । मरेका आफन्तको मलामी जाने र सामूहिक विलौना गर्ने अरू पक्षी पाइदैन् ।

मानिसको भन्दा पनि व्यवस्थित यौन जीवन, घर नबनाई सहबास नगर्ने

कागको यौन क्रीडा हेर्नु वा देख्नु अशुभ हुन्छ भन्ने मान्यता छ । तर, एक जोडी काग जोल्टिंदा अथवा सहवास गरिरहंदा त्यहाँ वरपरका कागले तिनलाई घेरेर हर्ष उल्लासले कराउँदै तिनको सम्भोग सफल गराउन सहयोग पुर्याउँछन् । अरू पंक्षी झैं पोथीमाथि भाले चढेर सम्भोग गर्दैनन् कागहरू । भाले र पोथीले अनुहारमा अनुहार जुधाएको अवस्थामा सम्भोग कार्य सम्पन्न हुन्छ । पक्षी जगतमा यस्तो यौन जीवन भएको अर्काे प्राणी पाइदैन । शुभ-अशुभ आफ्नै ठाउँमा छन् ।

कागको यौन जीवन मानिसको भन्दा पनि व्यवस्थित हुन्छ । यिनीहरू जोडी मिलेर गुँड अर्थात् घर निर्माण गर्छन् । राम्रो गुँड निर्माण नभएसम्म यौन सम्पर्कको चेष्टा पनि हुँदैन । घर अर्थात् गुण निर्माण भएपछि ढुक्कले यौन सम्पर्क गर्छन् । नयाँ घर बनाउन र गुँडमा दुई-चार वटा फुल पार्छन् । फुलको सुरक्षामा भाले, पोथीलाई अरू कागले पनि साथ दिन्छन् ।

गोप्य योजना बनाउन माहिर कागबाट लगानीकर्ताले सिक्नु पर्ने कुरा

धेरैलाई योजनामा खासै चाख हुँदैन किनकी योजना बनाएपछि काम गर्नुपर्छ । मानिसमात्र नभएर प्रायः जनावरले योजना बनाउँछन् तर यी सबैमा काग अगाडि छ ।

काग अवसरवादी चरा हो, त्यसैले यसलाई चोरको रुपमा चिनिन्छ । कागले कुनै कुरा खानेकुरा खाइरहेको छ भने उसले जहिले पनि अर्काे कागबाट लुकाउँछ । यदि अरु कसैले देखेको वा हेरेको थाहा पायो भने यसले आफूसँग केही नभएको अभिनय गर्छ । अझ उसले खानेकुरा आफ्ना खुट्टातिर लुकाएको नाटक गर्छ तर वास्तविकतामा उसले खानेकुरा आफ्नो छातीमुनि लुकाएको हुन्छ ।

 यस्को अर्थ के हो भने कुनै पनि उद्यम व्यवसाय गर्दा वा लगानीकर्ता निकै सावधानी अपनाउनु पर्छ, ताकि अरुले त्यसमा अवरोध गर्ने प्रयास नगरोस् ।

कागको चलाखीको एउटा प्रमाणः ट्राफिक लाइट

काग बाठो हुन्छ भन्नेमा शंकै रहेन । तर, कति बाठो हुन्छ भन्नेकुरा शहरका मूल सडक वरपर बस्ने कागहरुको गतिविधिले स्पष्ट पार्छ । अनुसन्धानकर्ताहरुका अनुसार ठूला शहरको मुख्य सडक वरपर बस्ने कागहरुले ट्राफिक लाइटको गति र अवस्थालाई पनि याद गरेका हुन्छन् । उनीहरुका अनुसार कागहरुले ठ्याक्क रातो बत्ती बलेको बेला कारमाथि वा हरियो बत्ती बलेको बेला पैदलयात्री माथि विष्ट्याइदिन्छन् जसका कारण मान्छेहरुले आफूमाथि आक्रमण गर्ने समय नरहोस् ।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।