बेकार हुनेछ नयाँ कार यदि भएन भने यी १० सेफ्टी फिचर्स !

Nov 02, 2024 11:10 AM Merolagani



प्राय मानिसहरु तिहारको मौका छोपेर नयाँ कार खरिद गर्ने योजना बनाइरहेका हुन्छन् । तर नयाँ कार किन्दा कारको लुक्स वा डिजाइनमा मात्र केन्द्रित हुनुहुँदैन ।

लुक र डिजाइनभन्दा पनि कारको सुरक्षाका लागि राखिएका फीचर्सहरुमा ध्यान दिनुपर्छ । किनकी थोरै समयको यात्रा गर्नकालागि नै भएतापनि कारले तपाईँको सुरक्षा कवचका रुपमा काम गर्दछ ।

आज हामी तपाईँलाईँ यस्तै १० यस्ता सेफ्टी फीचर्सकाबारेमा बताउन गइरहेका छौँ । कारमा हुनुपर्ने सेफ्टी फीचर्सको सूची यस्तो छ :

१.एयरब्याग

कुनै पनि कारमा एयरब्याग हुनु अत्यन्त महत्वपूर्ण हुन्छ । आपतकालिन अवस्थामा जीवन रक्षकका रुपमा एयरब्याग प्रमाणित हुनसक्छ । यसको संख्या जति धेरै भयो त्यति नै राम्रो हुन्छ।

२.एबीएस

एन्टि लक ब्रेकिंग सिस्टम अथवा एबीएस, ब्रेक लगाउने समयमा पांग्रालाई लक हुनबाट रोक्दछ । यसबाट स्टेरिङमा पनि नियन्त्रण गर्न सकिन्छ । चिप्लने सडकमा यो चक्का अत्यन्त उपयोगी हुन्छ ।

३.इएससी

इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल अर्थात् इएससीले गाडी पल्टिने अवस्थाबाट बचाउँछ । यसले अटोमेटिकली सबै पांग्रामा बराबर ब्रेक प्रयोग गर्दछ । यसबाट स्किडिंगको जोखिम कम हुन्छ ।

४.लेन डिपार्चर वार्निङ

यदि कार चालक अचानक आफ्नो लेनबाट बाहिर गएमा यो फीचरले चालकलाई सचेत गराउँदछ ।  सडकमा मार्किंग हेर्नका लागि यो फीचर क्यामराको रूपमा प्रयोग हुन्छ । यदि तपाईँले बाटो भुलेमा यसले चेतावनी दिन्छ ।

५.टीसीएस

ट्रेक्सन कन्ट्रोल सिस्टम अर्थात् टीसीएस, पावर डेलिभरीलाई एडजस्ट गरेर एक्सेलेरेसनको समयमा व्हील स्पिनलाई रोक्दछ । चिप्लो सडकमा खासगरी, बरफले भरिएको सडकका लागि याे अत्यन्त उपयोगी हुन्छ ।

६.एडेप्टिभ क्रुज कन्ट्रोल

एडेप्टिभ क्रुज कन्ट्रोलले अटोमेटिकली कारको गति नियन्त्रण गर्छ । यसरी, स्पीड कन्ट्रोल गरेर अगाडिको गाडीबाट सुरक्षित गर्न यस कारलाई दुरी कायम गर्न सहयोग गर्छ । यो विशेष रुपमा रोकी रोकी कुद्ने ट्राफिकका बीचमा उपयोगी हुन्छ ।

७.एइबी

अटोमेटिक इमरजेन्सी ब्रेकिंग अथवा एइबीले सम्भावित दुर्घटना वा ठक्करबारे पत्ता लगाउँछ । यदि, चालकले समयमा ब्रेक लगाउन वा गाडी सुस्त चलाउनमा असफल भएमा अटोमेटिकली ब्रेक लगाउँछ ।

८.टीपीएमएस

टायर प्रेसर मोनिटरिंग सिस्टम अथवा टीपीएमएसले टायरको प्रसेर कम हुँदा चालकहरुलाई अलर्ट गर्दछ । यसबाट टायर पड्किनबाट बच्छ । यसका साथै, कारकाे माइलेज र पर्फमेन्स राम्रो हुन्छ ।

९. रियर भ्यू क्यामरा

रियर भ्यू क्यामराले तपाईँको कारलाई पछाडीतर्फ मोड्न वा पार्क गर्नुमा सहयोगी प्रमाणित हुन्छ । भीडभाड वा पार्किङमा अथवा व्यस्त स्थानहरुका लागि यसको सदुपयोग गर्न सकिन्छ ।

१०.ब्लाइण्ड स्पट डिटेक्सन

यो सिस्टमले चालकहरुलाई उनीहरुको ब्लाइण्ड स्पटमा रहेका गाडीहरुकाबारेमा सचेत गराउँछ । यसरी लेन परिवर्तन सजिलो हुन्छ । सेंसर आसपासका कारहरु यसले पत्ता लगाउँछ र चेतावनी दिन्छ।




comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।