दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 21, 2024 06:25 AM Merolagani



मंसिर ६ गते, बिहीबार, दुई वाणिज्य बैंकहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

यी दुबै बैंकहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर ९ गते, आइतबार बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

ग्लोबल आइएमई बैंक (GBIME) ले मंसिर २७ गते, बिहीबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालक नियुक्तिको जानकारी गराउने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्राइम कमर्सियल बैंक लिमिटेड (PCBL) ले मंसिर १९ गते, बुधबार, आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने, नियमावलीमा संशोधन गर्ने, मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले लेखापरीक्षक पनि नियुक्त गर्नेछ।




comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।