आजसम्म कायम शेयरधनीहरुले लाइफ इन्स्योरेन्स कर्पोरेसनको हकप्रद शेयरमा आवेदन दिन पाउने

Oct 24, 2024 06:36 AM Merolagani



लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (LICN) ले निष्काशन गर्ने हकप्रद शेयरका लागि आवेदन दिन आज (कात्तिक ८ गते) सम्म शेयरधनी कायम हुनुपर्नेछ। अर्थात हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले भोली कात्तिक ९ गते बुकक्लोज गर्दैछ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.८८४५१६८ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। इन्स्योरेन्सलाई हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले असोज १४ गते अनुमति दिएको थियो।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।