मौसम धेरै चिसो हुँदा स्मार्टफोनको आयु घटाउँछ । यसकाे अर्थ ४ वर्षसम्म टिक्न सक्ने फोनको आयु आधा घटेर २ वर्षसम्म पुग्न सक्छ। स्मार्टफोन चिसो र तताउने अवस्थाकै अनुसार बनाइएकाे हुन्छ।
लिथियम आयन ब्याट्रीहरूकाे चिसो तापक्रमको सम्पर्कमा आउनासाथै कार्यक्षमता कम हुन थाल्छ। धेरै चिसो वा जाडाे हुँदा फोनको ब्याट्री चाँडै सकिन्छ। त्यसैले, यो मौसममा फोनलाई बिग्रनबाट बचाउन अपनाउनु पर्ने केहि समाधानहरु छन् । ती उपायहरू के के हुन् ?
फोनको तापक्रमका विषयमा लापरवाही नगर्ने
जाडाे मौसममा घरबाट बाहिर निस्कँदा फोन हातमा राख्नुको साटाे न्यानो कपडा भित्रै राख्नुपर्छ । किनकी धेरै जाडाे भयो भने फोनको ब्याट्री मात्र होइन डिस्प्ले समेत बिग्रन सक्छ । यदि तपाईंले अत्याधिक चिसोमा फोन बाहिर राखेमा फोनको टच सेंसिटिभिटी बिग्रन सक्छ जसका कारण त्यसपछि, फोनकाे प्रयोग गर्न सकिन्न।
फोन चिसो हुँदा सीधै चार्जमा नराख्ने
यदि तपाईँको फोनको तापक्रम धेरै कम छ भने यसलाई सिधै चार्जमा राख्नु हुँदैन। त्यसो गर्दा, तपाईको फोनको ब्याट्री बिग्रन सक्छ। यदि तपाइँ ब्याट्रीलाई क्षति हुनबाट जोगाउन चाहनुहुन्छ भने पहिले ब्याट्रीको तापक्रम सामान्य हुन दिनुहोस् । अर्थात् कम्तिमा ३० मिनेटसम्म फाेन सामान्य तापक्रम भएपछि फोन चार्ज गर्नुपर्छ।
पटक पटक चार्ज नगर्ने
यो जाडाे मौसममा फोनको ब्याट्री लाइफ घट्छ त्यसैले स्मार्टफोनलाई बारम्बार चार्ज नगर्नुहोस् र फोनको ब्याट्री बचत मोड अन गर्नु राम्रो हुनेछ। यो विकल्प लगभग सबै एन्ड्रोइड फोनहरूमा प्राप्त गर्न सकिनेछ। यसका साथै, यसले ब्याकग्राउन्डमा चलिरहेका गतिविधिहरू घटाएर ब्याट्री बचत गर्छ।