सुनको मूल्यमा भारी वृद्धि

Nov 08, 2024 10:46 AM Merolagani



कात्तिक २३ गते शुक्रबार, नेपाली सुनको मूल्यमा भारी वृद्धि भएको छ । यस दिन सुन प्रतितोला दुई हजार रुपैयाँले बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । संयुक्त राज्य अमेरिकामा ४७औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अन्तराष्ट्रिय बजारमा मूल्यको भारी गिरावट भएको थियो ।

बिहीबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ९८० रुपैयाँ खरिदबिक्री भइरहेको छ । बिहीबार एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।