सुनको मूल्यमा भारी वृद्धि

Nov 08, 2024 10:46 AM Merolagani



कात्तिक २३ गते शुक्रबार, नेपाली सुनको मूल्यमा भारी वृद्धि भएको छ । यस दिन सुन प्रतितोला दुई हजार रुपैयाँले बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । संयुक्त राज्य अमेरिकामा ४७औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अन्तराष्ट्रिय बजारमा मूल्यको भारी गिरावट भएको थियो ।

बिहीबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ९८० रुपैयाँ खरिदबिक्री भइरहेको छ । बिहीबार एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।