विश्वमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन बन्याे एप्पल, शीर्ष १०काे सूचीमा कुन-कुन परे ?

Nov 11, 2024 06:26 PM Merolagani



विश्वमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोनको सूचीमा एप्पल शीर्ष स्थानमा परेको छ। रिसर्च फर्मको रिपोर्ट अनुसार सन् २०२४ को तेस्रो त्रैमासिकमा एप्पल अगाडि रहेकाे हाे ।

उक्त रिपाेर्ट अनुसार यस सूचीकाे शीर्ष तीनमा नै एप्पलका फोनहरू छन् । यसमा एप्पलकाे नयाँ आईफोन १५ सिरिजका धेरै मोडलहरू समावेश छन्।

यसैगरी, सामसङले सबैभन्दा धेरै मोडलकासाथ यस सूचीमा स्थान बनाएकाे छ । सन् २०१८पछि पहिलो पटक ग्यालेक्सी एस डिभाइस शीर्ष १०मा प्रवेश गरेकाे छ। यी शीर्ष १० मोडलहरूले कुल स्मार्टफोन बजारको १९ प्रतिशत कब्जा गरेका छन्।

सबैभन्दा राम्रो बिक्री हुने १० स्मार्टफोन

काउन्टर प्वाइन्ट रिसर्चका अनुसार सन् २०२४ को तेस्राे त्रैमासमा आईफोन १५ विश्वमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन थियो। त्यसपछि, आइफोन १५ प्रो म्याक्स र आइफोन १५ प्रो दोस्रो र तेस्रो स्थानमा थिए । एप्पलले कुल चार स्थान हासिल गरेकाे छ । जसमध्ये आईफोन १४ले पनि सातौं स्थान बनाएको छ।

रिसर्च नोट्सहरूका अनुसार, हाइ-एण्ड स्मार्टफोनहरूको बढ्दो लोकप्रियताले एप्पललाई यसको स्ट्याण्डर्ड र प्रो मोडलहरूकाबीच बिक्रीकाे अन्तर कम गर्न मद्दत गरेको छ। प्रो भेरियन्टहरूले तेस्रो त्रैमासिकमा कुल आईफोन बिक्रीको आधा हिस्सा ओगटेकाे यो पहिलो पटक हो। यसले एप्पललाई उच्च मूल्यका डिभाइसहरू बेच्न सफलता दिएकाे छ।

सामसङ पनि अगाडि

सामसङले याे सूचीमा सबैभन्दा बढी ५ स्मार्टफोन मोडल समावेश गरेको छ । यी मध्ये चारवटा डिभाइसहरू बजेट ए-सीरीजका थिए । यद्यपि, ग्यालेक्सी एस२४ले दशौं स्थान लिएकाे छ । त्यसपछि, २०१८ पछि शीर्ष १०मा प्रवेश गर्ने पहिलो ग्यालेक्सी एस-सीरीजका डिभाइस बनायो।

एजेन्सी ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।