नेसनल लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

Nov 14, 2024 01:47 PM Merolagani



नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेड(NMFBS)ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । सार्वजनिक भएको वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफामा आकर्षक वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १० करोड ४७ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गतवर्षको यसै अवधिको तुलनामा ९०.३२ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष लघुवित्तले ५ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै लघुवित्तको खुद नाफामा बढोत्तरी भएको हो ।

समीक्षा अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ३० करोड ४४ लाख रुपैयाँ छ । यो शतप्रतिशत भन्दा धेरैले बढेको हो । त्यसैगरी लघुवित्तको सञ्चालन मुनाफा १४ करोड ९७ लाख रुपैयाँ छ । गतवर्षको यसै अवधिको तुलनामा लघुवित्तको सञ्चालन मुनाफा ९०.३२ प्रतिशतले बढेको हो ।

चुक्ता पुँजी १ अर्ब १६ करोड ५५ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा एक अर्ब ४० करोड रुपैयाँ जम्मा छ । यस अवधिसम्ममा ५६ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले अन्य वित्तीय संस्थाबाट ऋण गरेर २१ अर्ब २९ करोड ४७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार लघुवित्तको प्रतिशेयर आम्दानी वार्षिक ३५ रुपैयाँ २९ पैसा छ । प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ७५ पैसा छ भने निष्कृय कर्जा ४.२६ प्रतिशत रहेको छ ।

 

 




comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।