पुनः घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Nov 15, 2024 09:02 AM Merolagani



वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुले पुनः ब्याजदर घटाएका छन्।

कात्तिक महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतममा औषतमा ६.१८७८ प्रतिशतविन्दुका दरले ब्याज दिइरहेका २० वाणिज्य बैंकहरुले मंसिर महिनामा औषतमा ५.९७०३ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन्। बैंकहरुको औषत ब्याजदर मंसिर महिनामा ०.२१७४ प्रतिशतविन्दु घटेको हो।

कात्तिक महिनाको तुलनामा मंसिरमा १२ बैंकहरुले ब्याजदर घटाएका छन् भने ८ वाणिज्य बैंकहरुले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। एक वाणिज्य बैंकले भने ब्याजदर थोरै बढाएको छ।

मंसिर महिनामा सबैभन्दा बढी ब्याज दिने बैंक एनआईसी एशिया बैंक रहेको छ। सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ६.७९ प्रतिशतका दरले ब्याज दिने भएको छ। सबैभन्दा कम ब्याज भने लक्ष्मी सनराइज बैंकको रहेको छ। यस्तो निक्षेपमा सो बैंकले अधिकतममा ५.५ प्रतिशतका दरले ब्याज दिनेछ।

सर्वाधिक ब्याज घटाउने बैंक भने माछापुच्छ्रे बैंक रहेको छ। कात्तिक महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ७ प्रतिशत ब्याज दिएको यस बैंकले मंसिरमा ६ प्रतिशतका दरले ब्याज दिने भएको छ। राष्ट्रिय वाणिज्य बैंकले भने यस्तो निक्षेपको ब्याजदर ०.२ प्रतिशतविन्दुले बढाएको छ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।