सन् २०२५ मा स्मार्टफोनका लागि धेरै पैसा खर्च गर्नुपर्ने, यस्ता छन् कारण

Nov 15, 2024 12:51 PM Merolagani



सन् २०२४काे अन्त्य हुँदैछ। सन् २०२४ मा एआई फिचर भएका मोबाइलहरू चर्चामा रहे पनि यो प्रविधि केही फोनमा मात्र सीमित रह्यो । तर अब भने सन् २०२५ मा नयाँ प्रविधिहरू देख्न सकिनेछ।

यससँगै, अर्को वर्ष स्मार्टफोन किन्न उपभोक्ताले यो वर्षभन्दा धेरै रकम खर्च गर्नुपर्नेछ । यसका धेरै कारणहरू छन्। एडभान्स कम्पोनेन्ट्सको मूल्य वृद्धि, ५जी प्रविधिमा बजार परिवर्तन र एआई जस्ता सुविधाहरूका कारण फोनको मूल्य बढ्ने भएकाे हाे ।

काउन्टरपोइन्ट रिसर्चको प्रतिवेदन अनुसार स्मार्टफोनको विश्वव्यापी औसत बिक्री मूल्य २०२४मा ३ प्रतिशत र २०२५मा ५ प्रतिशतले बढ्नेछ । यसको एउटा प्रमुख कारण शक्तिशाली प्रोसेसर, शक्तिशाली क्यामेरा र एआई जस्ता सुविधाहरूसहित आउने प्रिमियम स्मार्टफोनहरूको बढ्दो माग हो।

एआईको बढ्दो क्रेजले महँगो हुनसक्ने

स्मार्टफोनमा जेनेरेटिभ एआईको इंटीग्रेशन द्रुत गतिमा भइरहेको छ। यो सुविधा थपिएसँगै स्मार्टफोनहरू प्रिमियम बन्दै गएका छन् । उपभोक्ताहरूले जेनेरेटिभ एआई जस्ता सुविधाहरू मन पराउँदा पनि स्मार्टफाेन प्रिमियम बनेकाे हाे। त्यसकारण, स्मार्टफोन निर्माताहरूले प्रोसेसरहरू बनाउन लगानी गरिरहेका छन् जुन राम्रो सीपीयू, एनपीयू र जीपीयू क्षमताहरूकासाथमा आउँछन्।

साेहि कारण स्मार्टफाेनकाे भाउ बढेको देखिन्छ । काउन्टरपोइन्टको रिपोर्टका अनुसार हामी एआई स्मार्टफोनको युगमा प्रवेश गर्दैछौं । रिपाेर्टमा लेखिएकाे छ, "जेनेरेटिभ एआई भएका सुविधाहरूको चलन बढ्नेछ। यसको लागि, अधिक शक्तिशाली प्रोसेसर आवश्यक हुनेछ, जसको मूल्य सामान्य भन्दा बढी हुनेछ।"

यसका साथै, हार्डवेयरमा मात्रै होइन, एआई फिचरका कारण कम्पनीहरूले सफ्टवेयरमा पनि धेरै काम गर्नुपर्ने भएको छ । सफ्टवेयर जटिल बन्दै गएको र एआई एल्गोरिदम थपिएका कारण स्मार्टफोनको मूल्य पनि बढ्नेछ । तर, यी मूल्यका कारण उपभोक्ताले भने राम्रो उत्पादन पाउने पनि रिपाेर्टमा उल्लेख गरिएकाे छ ।

थप रकम खर्च गर्नुपर्ने

समग्रमा, सन् २०२५ मा एउटा प्रिमियम स्मार्टफोन किन्न उपभोक्ताहरूले बढी पैसा खर्च गर्नुपर्नेछ। नयाँ फीचरहरू आएका कारण यो रकम बढ्दैछ। यी सुविधाहरू वास्तविक जीवनमा कति उपयोगी हुनेछन् भन्ने निर्णय भने उपभोक्ताहरूले आफैले  गर्नुपर्नेछ। किनकी, सबै एआई सुविधाहरू अहिले धेरै मानिसहरूका लागि उपयोगी ठहरिएका छैनन्।

सुरुवातमा, यी सुविधाहरू तपाईंलाई आकर्षक लाग्न सक्छ। तर समय बितेसँगै तपाईंले तिनीहरूको उपयोगिता सम्झन पनि नसक्ने अवस्था हुनसक्छ। स्मार्टफोन किन्दा उपभोक्ताले कुन फिचरका लागि पैसा खर्च गर्ने र कुनमा नगर्ने भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ ।

एजेन्सी ।




comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।