साउदी अरबमा छोटा कपडा नलगाउन नेपाली दूतावासको चेतावनी

Nov 14, 2024 05:00 PM mero lagani



छोटा कपडा लगाएर सार्वजनिक स्थलमा नजान साउदी अरबको रियादस्थित नेपाली दूतावासले नेपाली समुदायलाई सतर्क गराएको छ ।

छोटा कपडा लगाएर सार्वजनिक स्थलमा नजान साउदी अरबको रियादस्थित नेपाली दूतावासले नेपाली समुदायलाई सतर्क गराएको छ ।

सार्वजनिक स्थलमा हाफप्यान्ट, धातुको सिक्री, ब्रासलेट लगाएर जाँदा धेरै नेपालीहरु प्रहरी कारबाहीमा परेपछि दूतावासले सार्वजनिक सूचनामार्फत सतर्क गराएको हो । साउदीको कानुनले सार्वजनिक स्थानमा छोटा हाफप्यान्ट लगाएर हिँड्न, प्रार्थनाको समयमा ठूलो आवाजमा गीत बजाउन, सार्वजनिक स्थलमा थुक्न, ज्येष्ठ नागरिक तथा अशक्तहरुलाई छुट्याएको स्थान ओगट्न, लाइन मिच्न, तडकभडक देखिने पोशाक लगाउन निषेध गरेको छ । सार्वजनिक मर्यादाविपरीतको यस्ता कार्य गरेमा पाँच हजार साउदी रियाल र अन्य थप सजाय हुनसक्ने दूतावासको चेतावनी छ ।

त्यस्तै, अरुलाई तर्साउने वा डराउने खालको क्रियाकलाप गर्न, ट्राफिक दुर्घटना तथा अपराधजन्य घटनाको फोटो तथा भिडियो खिच्न एवं अमर्यादित ठानिएका वा यहाँको समाजलाई अप्रिय लाग्ने वा सार्वजनिक शिष्टाचार तथा नैतिकताको प्रतिकूल हुने काम गर्न त्यहाँको कानुनले रोक लगाएको दूतावासको सूचनामा उल्लेख छ ।




comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।