मेटाको समस्या बढ्यो, ईयूले लगायो करिब ८०० मिलियन यूराेकाे जरिवाना

Nov 15, 2024 05:27 PM Merolagani



युरोपेली संघ (ईयू) नियामकहरूले बिहीबार फेसबुकको प्रमूख कम्पनी मेटालाई करिब ८०० मिलियन युराे जरिवाना लगाएका छन् । ईयूले मेटालाई आफ्नै अनलाइन वर्गीकृत विज्ञापन व्यवसाय, फेसबुक मार्केटप्लेसलाई अनुचित फाइदा दिएको आरोप लगाएको छ।

मेटाले यी आरोपहरूलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ र यसको विरुद्धमा अपील गर्ने बताएको छ।

मेटामाथि कतिकाे छ जरिवाना ?

२७ राष्ट्रहरूकाे ब्लक युरोपेली आयोगकाे कार्यकारी शाखा र शीर्ष प्रतिस्पर्धा विरोधी प्रवर्तकले मेटामाथि ७९७.७२ मिलियन यूरोकाे जरिवाना लगाएकाे छ। मेटा विरुद्ध आयोगको चलिरहेको अनुसन्धानले मेटाले आफ्नो शक्तिको दुरुपयोग गरेको फेला पारेको छ । यसैगरी, आफ्नो विज्ञापन व्यवसायलाई यसको सामाजिक नेटवर्कमा लिङ्क गरेर प्रतिस्पर्धालाई विकृत गरेको पनि आरोप लगाइएको छ।


अन्य कम्पनीहरूले गरे कठिनाइको सामना

मेटाले फेसबुक प्रयोगकर्ताहरूलाई उनीहरूकाे इच्छा हाेस्न वा नहाेस् मार्केटप्लेस विज्ञापनहरू देखाउने गरेकाे छ। यस कारण अन्य कम्पनीहरूलाई प्रतिस्पर्धा गर्न कठिन बनाएकाे छ। फेसबुक र इन्स्टाग्राममा अन्य कम्पनीका विज्ञापनहरूबाट तथ्यांककाे प्रयोग मार्केटप्लेसको फाइदाको लागि गरेको आरोप पनि मेटामाथि छ। यद्यपि, मेटाले आफ्नो विज्ञप्तिमा यो जरिवानासँग असहमत रहेको जनाएको छ।

एजेन्सी ।




comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।