रिलायन्स स्पिनिङ्ग मिल्सको नाफा साढे ८ करोडभन्दा बढी

Nov 17, 2024 06:59 AM Merolagani



रिलायन्स स्पिनिङ्ग मिल्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले सो अवधिसम्ममा ८ करोड ६७ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

सो अवधिसम्ममा कम्पनीले २ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ भने २८ करोड ९४ लाख रुपैयाँ कुल नाफा कमाएको छ। कम्पनीको अन्य आम्दानी १ करोड १३ लाख ५५ हजार रुपैयाँ र सञ्चालन मुनाफा २० करोड ३१ लाख ३० हजार रुपैयाँ रहेको छ। असोज मसान्तसम्ममा कम्पनीको वित्तीय खर्च १० करोड ४३ लाख ७४ हजार रुपैयाँ रहेको छ।

१ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ५ अर्ब ४३ करोड २४ लाख ७५ हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपौयँ ९५ पैसा रहेको छ।




comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।