लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत लाभांश वितरण घोषणा गरेको छ । चुक्तापूँजीको १३.३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत अर्थात ७३ लाख ८८ हजार ९४६ रुपैयाँ नगद गरी कुल १४% लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले गाभ्ने गाभिने तथा प्राप्ति गर्न उपयुक्त संस्थाको पहिचान गर्ने लगायतका कार्यका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने समेत प्रस्ताव सभाले अनुमोदन गर्ने छ ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तले मंसिर १४ गते बुक क्लोज गर्ने छ । जस अनुसार लघुवित्तको उक्त प्रस्तावित लाभांश प्राप्त गर्न तथा सभामा भाग लिन मंसिर १३ गते भित्रै शेयरधनी बनिसक्नु पर्ने छ ।