एफपीओ निष्काशन तथा प्रस्तावित लाभांश पारित गर्न नेशनल लघुवित्तले गर्याे साधारण सभाकाे आह्वान

Nov 18, 2024 11:09 AM Merolagani



नेशनल लघुवित्त वित्तले प्रस्तावित लाभांश अर्थात एफपीओ निष्काशन गर्ने प्रस्ताव गर्दै ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले मंसिर २४ गते सोमबार बिहान ११ बजे अरनिको पार्टी प्यालेस, बनेपामा सभा बोलाएको हो ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत लाभांश वितरण घोषणा गरेको छ । जसमध्येमा १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यसैगरी, लघुवित्तले सस्थापक तर्फ ७० प्रतिशत र सर्वसाधारण तर्फ ३० प्रतिशतको पूँजी अनुपात मिलन गर्न बोनस वितरण पश्चात कायम हुन आउने ७ लाख ६५ हजार ३७७ कित्ता साधारण शेयर प्रिमियममा जारी गर्न स्वीकृती लिने प्रस्ताव समेत सभामा लैजादै छ । उक्त सम्पूर्ण कार्यका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने समेत सभाले अनुमोदन गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले मंसिर १८ गते बुक क्लोज गर्ने छ । जस अनुसार लघुवित्तको उक्त प्रस्तावित लाभांश प्राप्त गर्न तथा सभामा भाग लिन मंसिर १७ गतेभित्र सोमबार भित्रै शेयरधनी बनिसक्नु पर्नेछ ।

 




comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।