सयपत्री हाईड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने

Nov 18, 2024 11:02 AM Merolagani



सयपत्री हाईड्रोपावर लिमिटेड(SPHL)ले १०० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको हो ।

कम्पनीको मंसिर २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । हकप्रद शेयर निष्काशनबाट प्राप्त रकम कम्पनीको ऋण तथा दायित्व भुक्तानी गर्न र दरम खाेला ए जलविद्युत आयोजनाको मर्मत सुधार गर्ने प्रयोजनको लागि हकप्रद शेयर निष्काशन गर्न लागेको जानकारी गराएको छ ।

विद्युत नियमन आयोगको सहमति लिई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा हकप्रद शेयर निष्काशन गर्नेछ ।




comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।