एप्पलले ३.५ एमएम ज्याक एडाप्टरकाे उत्पादन बन्द गर्दै

Nov 18, 2024 05:48 PM Merolagani



हाल एप्पल पूर्ण रूपमा टाइप-सी पोर्टमा सरिसकेको छ। एप्पलले आइफोन १५ सिरिजका साथमा टाइप-सी पोर्ट प्रस्तुत गरेर सुरूवात गरेकाे थियाे । त्यसपछि, लन्च गरिएका सबै उत्पादनहरू टाइप-सी पोर्टका साथमा आइरहेका छन्।

युरोपियन युनियनको दबाबमा एप्पलले साे निर्णय लिनुपरेको थियो ।अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार अब एप्पलले आफ्नो ३.५ एमएम ज्याक एडाप्टर बन्द गर्न लागेकाे छ।

३.५ mm ज्याक एडाप्टरलाई ३.५ mm हेडफोन ज्याकलाई लाइटिङ पोर्टसँग जोड्नका लागि लन्च गरिएको थियो । यसमा लाइटनिङ पोर्ट भएका सबै आईफोन र एप्पलका उत्पादनहरू थिए। तर, ३.५ mm ज्याक एडाप्टर एप्पलको स्टोरहरूबाट हटाइएकाे थियाे।

यसलाई एप्पल इण्डियाको साइटमा पनि बिक्री भएको देखाइएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। ३.५mm हेडफोन ज्याक अन्य ई-कमर्स साइटहरूमा पनि उपलब्ध नरहेकाे उनीहरूले जानकारी दिएका छन्।

सन् २०१६मा एप्पलले ३.५ एमएममा आईफोन ७का साथमा हेडफोन ज्याक लन्च गरेकाे थियाे। त्यसपछि, यो इयरफाेन आईफोन ७, आईफोन ८ र आईफोन एक्स मोडलको बक्समा पनि आउन थालेकाे थियाे। एप्पल स्टोरमा यसको मूल्य ९ डलर थियो।

नेपालका केहि अनलाइन स्टाेरमा भने हालसम्म याे इयरफाेन देखिएकाे छ । नेपाली बजारमा यस इयरफाेनकाे २ हजार रूपैयाँ ताेकिएकाे छ ।

तर, एप्पलले बन्द गर्न गइरहेको यो पहिलो उत्पादन भने होइन। एप्पलले वायर्ड इयरफोनको उत्पादन पनि बन्द गर्न लागेकाे खबरहरू बाहिरिएकाे छ। केही दिन अघि, म्याकरुमर्सले एक रिपोर्टमा एप्पलले पनि वायर इयरफोनहरू बन्द गर्ने योजना गरिरहेको उल्लेख गरेकाे थियाे । याे इयरफाेन २०१२मा आईफोन ५ सँगै सार्वजनिक गरिएकाे थियो।

एजेन्सीकाे सहयाेगमा।




comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।