सुन र चाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ कारोबार ?

Nov 19, 2024 10:39 AM Merolagani



मंसिर ४ गते, मंगलबार, सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला एक हजार १०० रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । सुनको मूल्य निरन्तर दोस्रो दिन बढेको हो ।

यस दिन चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी यस दिन प्रतितोला एक हजार ९५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ९२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।




comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।