३ रोपनी क्षेत्रफलमा फैलिने यस परियोजनामा कुल ४३ युनिट रहनेछन्। कम्पनीले बुकिङ खुला गरिसकेको छ । हाल बुकिङ गर्नेले यहाँ पार्किङ शुल्कमा शतप्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
कम्पनीकी कार्यकारी निर्देशक सिर्जना खड्काका अनुसार अपार्टमेन्ट निर्माण २ वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ। 'झम्सिखेल जस्तो क्षेत्रमै यस्तो सुविधा सम्पन्न अपार्टमेन्ट पाउनु अबको दुर्लभ अवसर हो। लक्जरी जीवनका लागि यो उपयुक्त विकल्प हो,' उनले बताइन्।
अद्वितीय डिजाइन र विशेषता
यो अपार्टमेन्ट अत्याधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको छ। यहाँ उपलब्ध प्रमुख सुविधाहरूमा साउण्ड प्रुफ वाल र प्रिमियम लेमिनेटेड फ्लोर, कोहलर ब्रान्डका उच्च गुणस्तरीय सेनेटरीवेयर, मोशन सेन्सर, स्मार्ट स्विच र २४ सै घण्टा पावर ब्याकअप र प्राकृतिक प्रकाशका लागि उत्कृष्ट डिजाइन रहेकाे छ ।
आफ्नो आवश्यकता अनुसार छनोट गर्न सकिने युनिटहरू
१ बीएचके युनिट
युनिट एफ: १०००.७ वर्ग फिट (दक्षिण, पश्चिममुखी)
२ बीएचके युनिटहरू
युनिट ए: १३०७.७१ वर्ग फिट (उत्तर, पश्चिम, पूर्वमुखी)
युनिट बी: १२८१.१० वर्ग फिट (दक्षिण, पश्चिममुखी)
युनिट डी: १३६०.३६ वर्ग फिट (दक्षिण, पश्चिममुखी)
युनिट जी: १३१९.८१ वर्ग फिट (दक्षिण, पूर्वमुखी)
युनिट एच: १३४०.४३ वर्ग फिट (पूर्वमुखी)
३ बीएचके युनिटहरू
युनिट सी: १७६९.१८ वर्ग फिट (पूर्वमुखी)
युनिट ई: १४०४.७६ वर्ग फिट (दक्षिण, पूर्वमुखी)
झम्सिखेलको मुख्य स्थानमा रहेको यो अपार्टमेन्ट लक्जरी जीवनशैलीका लागि उत्कृष्ट विकल्प रहेकाे कम्पनीले जनाएकाे छ । "आधुनिक सुविधाहरू र सुन्दर डिजाइनले यसलाई थप विशेष बनाएको छ। स्मार्ट होम प्रविधि र प्रिमियम सुविधाहरूका कारण, यो परियोजना झम्सिखेलको प्रमुख आकर्षण बन्ने अनुमान गरिएको छ," कम्पनीले जारी गरेकाे विज्ञप्तीमा लेखिएकाे छ ।