तीन महिनामा भित्रियो ४ खर्ब रेमिट्यान्स

Nov 19, 2024 02:10 PM MeroLagani



चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा ४ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपालबाट वैदेशिक रोजगारमा जाने क्रम बढेसँगै रेमिट्यान्स भित्रिने क्रम समेत बढेको हो ।


नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशित गरेको तथ्यांक अनुसार चालु आवको असोज मसान्तसम्म नेपालमा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्सको रुपमा नेपाल भित्रिएको छ जुन अघिल्लो आवको सोही अवधिको तुलनामा साढे ११ प्रतिशतले बढी हो । अघिल्लो आवको तीन महिनामा २५.८ प्रतिशतले रेमिट्यान्स बढेको थियो ।

अमेरिकी डलरमा गणना गर्दा यो रेमिट्यान्स ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.४०४ अर्ब ७ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १० हजार ५५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९३९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १३ हजार ३९७ र ४९ हजार २९७ रहेको थियो । नेपालबाट वैदेशिक रोजगार र विदेशमा पढाईको नाममा धेरै नेपाली विदेशिने गरेको छ । वैदेशिक रोजगारमा गएकाले भने धेरै मात्रामा रेमिट्यान्स पठाउने गरेको छ ।




comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।