सानिमा बैंकको २०औं साधारणसभा सम्पन्न, नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

Nov 19, 2024 06:53 PM Merolagani



सानिमा बैंक लिमिटेड(SANIMA)काे २०औं वार्षिक साधारणसभाले ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त सभा बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा मंगलबार सम्पन्न भएकाे हाे ।

साे सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हाे।

आर्थिक बर्ष २०८०/८१ मा २.४० अर्ब रूपैयाँ खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २३३.८६ अर्ब रूपैयाँ, कुल निक्षेप १९९.३८ अर्ब रूपैयाँ तथा खुद कर्जा सापटी १६४.९४ अर्ब रूपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले बृद्धि गरेको छ ।

बैंकको वित्तीय परिसूचक (असार मसान्त २०८१)




comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।