सांग्रिला डेभलपमेन्ट बैंक र बृहत इन्भेष्टमेन्ट प्रा. लि बिच व्यवसायिक सम्झौतापत्रमा हस्ताक्षर

Nov 20, 2024 12:05 PM Merolagani



सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र कुपण्डोल ललितपुरमा स्थित बृहत इन्भेष्टमेन्ट प्रा.लि बिच मंसीर ४ गते   व्यवसायिक सम्झौताभएको छ ।

 

कुनै पनि व्यक्तिले बृहत इन्भेष्टमेन्ट प्रा.लिद्वारा संचालित चापागाँउ परियोजना अन्तर्गतका घर÷जग्गाा खरिद गर्न चाहेको खण्डमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सो खरिदकर्तालाई सहज तरिकामा कर्जा उपलब्ध गराउने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

घर÷जग्गाा खरिद गर्न अधिकतम ४० वर्ष सम्मको समयावधीका लागिअधिकतम कर्जा रकम  २ करोड सम्म उपलब्ध गराइनेछ । कर्जाको ब्याजदर ९.९९% तोकिएको र पहिलो ७ वर्ष सम्मको लागि ब्याजदर स्थिर रहने व्यहोरा सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

बैंकले ग्राहकलाई घर÷जग्गाा खरिद गर्न झन्झट रहित, सहज र सरल कर्जा सेवाप्रदानगर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट काठमाडाै क्लस्टर प्रमुख श्री सुप्रिया श्रेष्ठ र बृहत इन्भेष्टमेन्ट प्रा.लिको तर्फबाट कार्यकारी निर्देशक श्री पूर्णिमा राजभण्डारीले हस्ताक्षर गर्नु भएको छ ।

यससम्झौताले आमग्राहकमहानुभावहरुलाई प्रत्यक्षतथाअप्रत्यक्ष रुपमाफाइदापुग्ने विश्वास बैंकले लिएको छ ।

बैंककाे  मुलुकभर ११२ शाखाकार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।




comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।