लोकरिझ्याँईको राजनीति गलत होः मन्त्री गुरुङ

Nov 20, 2024 02:32 PM Merolagani



सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकरिझ्याँईको राजनीति गलत भएको बताएका छन् ।

बुधवार काठमाडौंमा विशिष्ट चलचित्रकर्मी परिचय पत्र वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले नेपाली समाज नै ढोंगी बनिरहेको उल्लेख गर्दै के बोल्दा तत्काल ताली बज्छ त्यही मात्रै बोल्ने क्रमको विकास भएको बताए । उनले कलाकारको बीचमा पुग्दा म पनि कलाकार थिएँ भन्ने र मजदुरको कार्यक्रममा जाँदा म पनि मजदुर नेता थिएँ जस्ता लोकरिझ्याँईका अभिव्यक्ति दिनु नहुने बताए ।

उनले नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै नचाहिने भन्दै निर्वाचन जितेपछि र पार्टी एवं नेताको नजरमा परेपछि मन्त्री बन्ने परम्परा गलत रहेको बताए । सही पात्र नपाउँदा देश विकास हुन नसकेको मन्त्री गुरुङको भनाइ छ । उनले विषय विज्ञहरुलाई सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिनुपर्ने बताए।

उनले भने, ‘हाम्रो समाज नै ढोंगी समाज भयो । समाज एकदम ढोंगी समाज छ । मैले के बोलिदिँदा तत्काल ताली आउँछ, त्यही मात्रै भनिदिने । भोलिको दिन के काम गर्नुपर्छ भन्नेकुरा बिर्सिने । हामी जस्ता नेताको काम त्यही भइरहेको छ । त्यसकारण यो ढोंगी चिजहरु नगरौँ भन्ने मान्यता मेरो हो । कलाकारको बीचमा आयो म पनि कलाकार नै थिएँ । मजदुरको बीचमा गयो भने म पनि मजदुरकै नेता नै थिएँ भन्दिने । लोकरिझ्याँईको पोलिटिक्स गलत कुरा हो । जे सही हो सही भन्नुपर्छ, जे गलत हो गलत भन्नुपर्छ । हामी जस्तो मन्त्रीहरु सबै बुझेको छु भन्छ । हाम्रो नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै चाहिँदैन । तपाईंहरुले जिताइदिएपछि पुगिहाल्यो । त्यो मन्त्रालय चलायन यति क्वालिफिकेशन, अनुभव, योग्यता चाहिन्छ भन्नेकुरा केही पनि छैन । चुनाव जितेर आएर पार्टी र नेताले मन पराएपछि भइहाल्यो । त्यो हाम्रो विभिन्न क्षेत्र अस्तव्यस्त भएको कारण नै के हो भने त्यसले सही पात्र नै पाएको छैन । खेलकुदको ख नबुझ्नेहरु जहिले पनि खेलकुदमन्त्री बनिरहेको देख्छु म । वन नै नबुझेको मान्छेहरु वनमन्त्री भइरहेको हुन्छ । त्यस्तै त्यस्तै म पनि त्यही भित्र पर्छु जस्तो लाग्छ मलाई । म यो सञ्चारको धेरै कुरा नै बुझेको छैन । म जे गर्छु, जनताका लागि गर्छु । जनतालाई नढाँट्ने, जति सकिन्छ त्यति मात्रै गर्ने भन्ने । चलचित्र विकास बोर्डको विधेयक पुराना छन्, आजको दिनमा चल्नसक्ने ऐन बनाउनु छ । मन्त्रालयले ड्राफ्ट गरिसकेको छ, अब क्याबिनेटमा जान्छ ।’

मन्त्री गुरुङ नयाँ चलचित्र ऐन, २०८१-०८२ भित्र ल्याइसक्ने प्रतिवद्धता जनाए ।




comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।