कोशी प्रदेशबाट योग्य भएका करिब ५५ जना अभिकर्ताहरु,विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
साथै स्किममा व्यवस्था भए अनुरुप अर्ली क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो । प्रमुख कार्यकारी अधिकृतले यस कार्यक्रममा छनौट हुने सम्पूर्ण अभिकर्ताहरुलाई प्रदेश स्तरीय सम्मान गर्ने क्रममा कोशी प्रदेशबाट छनौट हुने अभिकर्ताहरुलाई सम्मान गरेका थिए ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरुको हितलाई मध्येनजर गर्दै समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा मिट द सिइओ स्किम ल्याइएको र नेपालभरबाट ३०० भन्दा बढी अभिकर्ताहरु छनौट भएकोमा कोशी प्रदेशबाट मात्रै ५५ जना अभकिर्ताहरु छनौट हुन सफल भएकोले यस स्किममा जोडिने सम्पूर्ण अभिकर्ताहरुलाई बधाई दिए ।
कार्यक्रममा सहभागी अभिकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरुकाबारेमा विस्तृत रुपमा जानकारी गराउन पाएकोमा खुशी व्यक्त गरे ।