किन सुस्ताउन खोज्दैछ बजार ?

Nov 20, 2024 05:32 PM Merolagani



उच्च विन्दुले मंगलबार  घटेका‍े बजार बुधबार भने बढेकाे छ । बजार ९.०९ विन्दुले बढेर २७११.७५ अंकमा पुगेको छ । 

बजार बढेपनि पछिल्ला दुई कारोबार दिनलाई हेर्दा बजार सुस्ताउन खोजेको जस्तो देखिएको छ । यद्यपि लगानीकर्ताहरु कम पूँजी भएका कम्पनी रोज्दै लगानी बढाउँदै आएका छन् ।

आजको बजारमा विकास बैंक तर्फका कम पूँजी भएका कम्पनीहरुमा नै लगानीकर्ताको भिड देखियो ।

नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा जुटिरहेको छ । लगानीकर्ता माैद्रिक नीतिकाे समीक्षामा के कस्ताे नीतिगत परिवर्तन हाेला भनेर प्रतिक्षा गरिरहेका छन् ।

बजारमा सकारात्मक हुने अपेक्षा लगानीकर्ताले गरेका छन् । बजारमा घट्बढ स्वभाविक भएकाे उनीहरुकाे प्रतिकृया छ ।

छोटो समयको बजारलाई हेर्दा दुविधा देखिएता पनि दीर्घकालिन अवस्थामा बजारले बलियो गति समाउनेमा लगानीकर्ता विश्वस्त छन् ।

 




comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।