चालु आर्थिक वर्षको पहिलो ३ महिनामा आयात कर्जा १७.३८ प्रतिशत अर्थात १४ अर्ब ३९ करोड रुपैयाँले बढेको छ भने शेयर धितोमा प्रवाह हुने मार्जिन कर्जा १७.४६ अर्थात १५ अर्ब ७३ करोड रुपैयाँले बढेको छ। पहिलो त्रैमासमा दशैँ तथा तिहारलाई लक्षित गरि व्यवसायीले सामान आयात बढाउँदा यस्तो कर्जा बढेका देखिन्छ। यस्तै राष्ट्र बैंकले मौद्रिक नीतिमा लिएको लचिलो नीतिले शेयर धितो कर्जा बढेको छ। यस बाहेक अन्य कर्जामा उल्लेख्य बृद्धि देखिदैन।
यस अवधिमा आवधिक कर्जा २.६८ प्रतिशत अर्थात ५१ अर्ब ७९ करोड रुपैयाँले बढेको छ भने चालु पूँजी कर्जा ४.७५ प्रतिशत अर्थात ३४ अर्ब ४२ करोड रुपैयाँले बढेको छ। यस वर्ष चालु पूँजी कर्जा समेत केहि बढ्न थालेको छ।
यसैगरी आवसिय घर निर्माणको लागि जाने कर्जा २.५५ प्रतिशत अर्थात ९ अर्ब ८६ करोड रुपैयाँले बढेको छ भने हायर पर्चेज कर्जा पनि ०.६८ प्रतिशत अर्थात ८४ करोड रुपैयाँले बढेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ओभरड्राफ्ट कर्जा ५.७६ प्रतिशतले घटेको छ भने रियल स्टेट कर्जा ०.०३ प्रतिशतले घटेको छ।
(रकम दश लाखमा)
यस अवधिमा धेरै कर्जा उपभोग क्षेत्रमा गएको केन्द्रीय बैंकको तथ्याँकले देखाउछ। किनभने आयात कर्जाको बृद्धिदर धेरै छ।
शेयर बजारमा केहि बृद्धि हुँदा त्यस क्षेत्रमा पनि लगानीकर्ताले कर्जा लिएर शेयर खरिद गरेको राष्ट्र बैंकको तथ्याँकले देखाउँछ। चालु आर्थिक वर्षमा सोहि कर्जाको बृद्धिदर सबैभन्दा धेरै छ।
चालु पूँजी कर्जामा समेत केहि बृद्धि हुन थालेकोले यसले व्यवसायहरु समेत केहि चलायमान हुन थालेको संकेत गरिरहेको छ। घरजग्गा क्षेत्र भने अझै चलायमान हुन नसक्दा कर्जा लगानी खासै बढ्न सकेको छैन।