एमालेको जागरण सभा पर्सी दरबारमार्गमा हुने, एक लाख मानिस उतार्ने दाबी

Nov 20, 2024 04:54 PM Merolagani



सत्तारुढ नेकपा (एमाले)को मंसिर ७ गतेको जागरण सभा काठमाडौंको दरबारमार्गमा हुने भएको छ ।

बुधवार पत्रकार सम्मेलन गरी सो पार्टीले भृकुटीमण्डपमा गर्ने तय गरिएको जागरण सभा ठाउँ सानो भएको जनाउँदै दरवारमार्गमा गर्ने निर्णय गरिएको जानकारी गराएको हो । एमालेले सो जागरण सभामा एक लाख मानिस उतार्ने लक्ष्य लिएको छ । एक लाख मानिस उतार्ने लक्ष्यसहित आयोजना हुने सो सभा भृकुटीमण्डलमा नअटने भएकाले दरबारमार्गमा गर्ने तय गरिएको जागरण सभाका संयोजक एवं पार्टी स्थायी कमिटीका सदस्य डा. राजन भट्टराईले बताए ।

संयोजक भट्टराईले भने, ‘पर्सीको हाम्रो कार्यक्रम सबै जम्मा भएर जुुलुस भद्रकालीबाट शुरु गर्छौं । सबै एकैठाउँमा जम्मा हुने स्थिति हुँदैन । अलि ठूलो जुलुस हुने स्थिति छ । संख्या पनि भन्नुभएको छ । हामीले आँकलन त झन्डै एक लाख पुर्याउने भन्ने छ । एमालेजतिको पार्टीले गरेपछि अलि ठूलै जनसंख्या उतार्नुपर्यो । उपत्यकाको ३ जिल्ला, हाम्रो यहाँ रहेका जनसंगठन, अनि हाम्रो सम्पर्क कमिटीसहितको उपस्थिति भएको हुनाले त्यति पुर्याउँछौ भन्ने छ । हाम्रो उल्लेख्य उपस्थितिसहितको जुलुस हुनेछ । जुलुस न्युरोड गेट, वीर अस्पताल हुँदै रत्नपार्क भएर त्रिचन्द्र क्याम्पस अगाडिबाट दरबारमार्गमा पुगेर हामी सभामा परिणत हुनेछौं । र दरबारमार्गमा हाम्रो सभा हुनेछ । अलि फराकिलो सडक त्यही पायौ, यता भृकुटीमण्डवमा गर्ने कि भन्ने कुरा थियो । हाम्रो जुुलुशको साइज र सहभागिताको साईज हेर्दा त्यो ठाउँ हामीलाई धेरै सानो हुने स्थिति पनि बन्यो । नत्र हामीले भृकुटीमण्डव गर्ने भनर समाचार बाहिर गईसकेको थियो । तर आज हामी बसेर त्यसको पुनरावलोकन गर्यौं । र हामो निष्कर्ष के रह्यो भने उपस्थिति राम्रो हुने स्थिति देखिएपछि अलि ठूलो ठाउँमा लैजानुपर्छ भन्ने भयो । दोस्रो ट्राफिक व्यवस्थापन पनि ध्यान दिउ, सर्वसाधारणलाई मर्का पर्ने कुरामा ध्यान दिएर दरबारमार्ग मात्रै बन्द गर्दा हुने भयो । त्यसैले त्यो ठाउँ रोजियो । साँढे १२ बजे हामी सभा सुरु गर्छौं । साँढे ११ बजे भद्रकालीबाट जुलुस शुरु हुन्छ । हाम्रो वक्ता पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुनेछ ।’

एमालेले प्रतिपक्ष दलहरुले सडकमा अराजकता फैल्याउने काम गरेको निष्कर्ष निकाल्दै जनतामा मुलुकको सुशासन र समृद्धिका लागि जागरण ल्याउन सो सभा आयोजना गर्न लागिएको जनाएको छ । सभालाई प्रधानमन्त्री एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य वक्ताको रुपमा सम्बोधन गर्नुहुनेछ ।




comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।