नोकिया र एयरटेलबीच सम्झौता, नोकियाले भारतका धेरै शहरहरूमा फोरजी र फाइभजी उपकरण लगाउने

Nov 20, 2024 05:41 PM MeroLagani



नोकियाले भारती एयरटेलसँग अर्बौंको एक्सटेन्सन सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत, नोकियाले आफ्नो फोरजी र फाइभजीउपकरणहरू बहु–वर्षको अवधिका लागि भारतीय शहरहरूमा स्थापना गर्नेछ। भारती एयरटेलले बुधबार (नोभेम्बर २०) यस सम्झौताको बारेमा जानकारी दिएको हो।

भारती एयरटेलका उपाध्यक्ष र एमडी गोपाल विट्टलले भने कि यो सम्झौताले एयरटेलको लागि कनेक्टिभिटी समाधानमा सुधार गर्नेछ। विट्टलले भने, ‘नोकियासँगको यो रणनीतिक साझेदारीले हाम्रो नेटवर्कको पूर्वाधारलाई भविष्यका लागि प्रमाणित गर्नेछ।’

यसका साथै यसले ग्राहकहरूलाई बेजोड प्रयोगकर्ता अनुभव प्रदान गर्नुका साथै वातावरणमैत्री हुने र वातावरणमा पर्ने असरलाई न्यूनीकरण गर्ने नेटवर्क उपलब्ध गराउने छ । यो सम्झौताले एयरटेल ग्राहकहरूलाई प्रिमियम फाइभजी कनेक्टिविटी र उच्च गुणस्तरको सेवा प्रदान गर्नेछ।

ग्राहकहरूले प्रिमियम फाइभजी कनेक्टिभिटी सेवा पाउने

नोकियाका अध्यक्ष र सीईओ पेक्का लुन्डमार्कले यो सम्झौताले दुई कम्पनीबीचको सहकार्यलाई मजबुत बनाउने र एयरटेलको नेटवर्कको ऊर्जा दक्षता बढाउने बताए। नोकियाका सीईओले यो सम्झौतासँगै एयरटेलका ग्राहकहरूले प्रिमियम ५जी कनेक्टिभिटी र उच्च गुणस्तरीय सेवा पाउनेछन्।

नोकिया र एयरटेलबीच दुई दशक पुरानो साझेदारी

नोकिया र भारती एयरटेलबीच नेटवर्क उपकरणका लागि दुई दशकभन्दा पुरानो साझेदारी छ। एयरटेलको नेटवर्कको ऊर्जा दक्षता सुधार गर्न र कार्बन उत्सर्जन घटाउन यी दुईले भर्खरै ’ग्रीन छजी इनिसिएटिभ’ सुरु गरेका थिए। एयरटेलले यसअघि नोकिया, एरिक्सन र सामसुङसँग वार्ता गरिरहेको थियो। 

अक्टोबर १६ को मिडिया रिपोर्टहरूमा सुनील मित्तलको नेतृत्वमा भारती एयरटेलले आफ्ना टेलिकम उपकरण आपूर्तिकर्ताहरू – नोकिया, एरिक्सन र सामसुङसँग वार्ता गरिरहेको उल्लेख थियो।

अगस्ट २०२२ मा हस्ताक्षर भएको सम्झौता अनुसार, यी कम्पनीहरूले एयरटेलको फोरजी र फाइभजी नेटवर्कहरूको लागि नयाँ उपकरण आवश्यकताहरूको लगभग ५० प्रतिशत, ४५ प्रतिशत र ५ प्रतिशत आपूर्ति गर्ने अपेक्षा गरिएको छ।

एयरटेलको यो सम्झौता भोडाफोन आइडियाको तीन प्रमुख उपकरण विक्रेताहरूसँग ३.६ बिलियन डलरको उपकरण सम्झौतापछि आएको हो। भीआईको यो सम्झौता फोरजी नेटवर्क विस्तार गर्ने र बिस्तारै फाइभजी सेवा सुरु गर्ने हो।

दोस्रो त्रैमासमा एयरटेलले कमायो ३५ सय ९३ करोड नाफा

दूरसञ्चार कम्पनी भारती एयरटेलले आर्थिक वर्ष २०२५ को दोस्रो त्रैमासिकमा ३,५९३ करोड रुपैयाँ नाफा कमाएको छ । वार्षिक आधारमा १६८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले अघिल्लो वर्षको सोही त्रैमासमा १ हजार ३ सय ४० करोड रुपैयाँ नाफा कमाएको थियो ।

जुलाई–सेप्टेम्बर त्रैमासमा भारती एयरटेलको कन्सोलिडेटेड अपरेसनल राजस्व वार्षिक रूपमा १२% बढेर ४१ हजार ४७३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको राजस्व ३७ हजार ४३ करोड रुपैयाँ थियो ।

भारती एयरटेलको एआरपीयू २३३ रुपैयाँ

भारती एयरटेलको ‘औसत प्रति प्रयोगकर्ता राजस्व’ (एआरपीयु) जुलाई–सेप्टेम्बर त्रैमासमा १४.७ प्रतिशत बढेर २ सय ३३ रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही त्रैमासमा यो २ सय ३ रुपैयाँ थियो ।

१९९५ मा सुरु भएको थियो भारतीय एयरटेल

भारत सरकारले पहिलो पटक सन् १९९२ मा मोबाइल सेवाका लागि इजाजतपत्र वितरण सुरु गरेको थियो। कम्पनीका संस्थापक सुनिल मित्तलले यो अवसरलाई बुझे र फ्रान्सेली कम्पनी भिभेन्डीसँगको सहकार्यमा दिल्ली र आसपासका क्षेत्रका लागि लाइसेन्स प्राप्त गरे। ज्ञढढछ मा, मित्तलले सेलुलर सेवाहरू प्रदान गर्न भारती सेलुलर लिमिटेड स्थापना गरे र एयरटेल ब्रान्ड अन्तर्गत सञ्चालन गर्न थाले।




comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।