विरासत करको विरोधमा देशभरका किसानले बेलायतको संसदसम्म निकाले जुलुस

Nov 21, 2024 11:31 AM Merolagani



मध्य लण्डनमा हजारौं बेलायती किसान किसानका लागि विरासत कर परिवर्तनको विरोध गर्न भेला भएका छन् । विरासत करको विरोधमा देशभरका किसानले बेलायतको संसदसम्म जुलुस निकालेका थिए ।

महानगरीय प्रहरीका अनुसार १३ हजार प्रदर्शनकारीले भाग लिएका थिए । युनाइटेड किंगडममा कृषि सम्पतीको विरासतलाई करमुक्त गरिएको छ । तर पछिल्लो सरकारी बजेटले २० प्रतिशत कर लगाएको छ । त्यो कर अप्रिल २०२६ मा लागू हुन्छ । १ मिलियन पाउण्ड (लगभग १.२७ मिलियन अमेरिकी डलर) भन्दा बढी मूल्यको फार्महरूमा मात्र लागू हुन्छ ।

 कर हटाउनुपर्ने र खेत जग्गा करमुक्त हुनुपर्ने माग लिएर बिरोध गरेको किसानले बताए ।




comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।