Thu, Nov 21, 2024
प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, स्थानीय तहको उपनिर्वाचन र शान्ति सुरक्षाका विषयमा छलफल गर्न मन्त्रिपरिषद्काे बैठक बस्दै छ ।
मन्त्रिपरिषद् बैठक आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेकाे हो ।
बैठकमा ओलीको आगामी चीन भ्रमण, यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन र शान्ति सुरक्षाका विषयमा छलफल हुने बताइएको छ ।
मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।