नेप्से उच्च अंकले घटेपनि रसुवागढीकाे शेयर मूल्य भने आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जाेडिएकै भाेलि पल्ट नै बढ्याे

Nov 21, 2024 03:08 PM Merolagani



नेप्से उच्च अ‌ंकले घटेपनि रसुवागढीकाे शेयर मूल्य भने जलविद्युत आयोजनाबाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जाेडिएकै भाेलि पल्टका दिन बढेकाे छ । बिहीबारका दिन रसुवागढी रसुवागढी हाइड्रोपावर कम्पनीकाे शेयर मूल्य‍‍‍‍ करिव १८ रुपैयाँ अर्थात ४‍.१० प्रतिशतले बढेकाे हाे । यता नेप्से भने यस दिन  ३१‍.३१ अ‌ंकले घटेकाे छ ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

रसुवाको गोसाइकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७-३७ मेगावाटका तीनवटा युनिटमध्ये एउटा युनिटबाट बुधबारदेखि परीक्षणका रुपमा विद्युत् उत्पादन सुरु गरिएको छ ।

आयोजनाले बुधबार परीक्षणका रुपमा ४.२ मेगावाट विद्युत् उत्पादन गरेको थियो । परीक्षण सफल भएपछि अब क्रमशः विद्युत् उत्पादन बढाउँदै लगिने छ । सबै युनिटबाट परीक्षण उत्पादन र तोकिएका मापदण्ड पूरा गरी करिब एक महिनाभित्रमा आयोजनाबाट व्यवसायीक रुपमा विद्युत् उत्पादन सुरु गरिने आयोजनाको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनीका प्रबन्ध–सञ्चालक छवि गैरेले बताए ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।