नेप्से उच्च अंकले घटेपनि रसुवागढीकाे शेयर मूल्य भने आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जाेडिएकै भाेलि पल्ट नै बढ्याे

Nov 21, 2024 03:08 PM Merolagani



नेप्से उच्च अ‌ंकले घटेपनि रसुवागढीकाे शेयर मूल्य भने जलविद्युत आयोजनाबाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जाेडिएकै भाेलि पल्टका दिन बढेकाे छ । बिहीबारका दिन रसुवागढी रसुवागढी हाइड्रोपावर कम्पनीकाे शेयर मूल्य‍‍‍‍ करिव १८ रुपैयाँ अर्थात ४‍.१० प्रतिशतले बढेकाे हाे । यता नेप्से भने यस दिन  ३१‍.३१ अ‌ंकले घटेकाे छ ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

रसुवाको गोसाइकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७-३७ मेगावाटका तीनवटा युनिटमध्ये एउटा युनिटबाट बुधबारदेखि परीक्षणका रुपमा विद्युत् उत्पादन सुरु गरिएको छ ।

आयोजनाले बुधबार परीक्षणका रुपमा ४.२ मेगावाट विद्युत् उत्पादन गरेको थियो । परीक्षण सफल भएपछि अब क्रमशः विद्युत् उत्पादन बढाउँदै लगिने छ । सबै युनिटबाट परीक्षण उत्पादन र तोकिएका मापदण्ड पूरा गरी करिब एक महिनाभित्रमा आयोजनाबाट व्यवसायीक रुपमा विद्युत् उत्पादन सुरु गरिने आयोजनाको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनीका प्रबन्ध–सञ्चालक छवि गैरेले बताए ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।