दुलहीलाई बीमा पाेलिसी दाइजाे दिँदा दुलाहा पक्ष आश्चर्य चकित

Nov 24, 2024 05:36 PM mero lagani



चेलिबेटीको विवाहमा दाइजो दिनु हिन्दू धर्मको अभिन्न पाटो हो । दाइजोमा सरसमानको साथै नगद दिइने प्रचलन छ ।

तर, गत साता भएको आफ्नो भदैनीको विवाहमा गुल्मीका तीन दिदी बैनीले दाइजोवापत बीमा पोलिसी दिएर सबैलाई आश्चर्यमा पारेका छन् । उनीहरुले दाइजोमा भदैनीलाई दिएको बीमा पोलिसी उपहार अहिले चर्चाको विषय बनेको छ ।

रेसुङ्गा नगरपालिका वडा नं ११ सिमीचौरकी सुजाता थापाको विवाहमा उनका तीन जना फूपुहरुले दाइजो वापत ५ लाख रुपैंया बराबरको सिटिजन शुभारम्भ बीमा योजनाको बीमा पोलिसी उपहार प्रदान गरेका छन् । सुजाताका फूपुहरु गङ्गा थापा, तारा थापा केसी र पार्वती थापा कार्कीले संयुक्तरुपमा उक्त दाइजो दिएको देखेपछि माइती र दुलाहा पक्ष आश्चर्य चकित भएका थिए । उनीहरुको विवाह अहिले चर्चाको विषय बनेको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।