सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2024 06:25 AM Merolagani



मंसिर १२ गते, बुधबार, सोल्टी होटल (SHL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। होटलले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

होटलले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित २६.८४२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

सो लाभांश प्रस्ताव पारित गर्न होटलले पुस ४ गते, नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादी, काठमाडौँमा ५० औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।