मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेती नियुक्त

Nov 27, 2024 01:21 PM Merolagani



मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कल्याण बिक्रम पाण्डे नियुक्त भएका छन् । मंसिर ६ गते बसेको संस्थाको १६३ औं सञ्चालक समितिको बैठकले सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको संस्थाले जनाएको छ ।

संस्थाका नवनियुक्त अध्यक्ष पाण्डेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । पाण्डे यस अघि पनि संस्थाको संस्थापक (प्रतिनिधि: ग्लोबल आइएमई बैंक लि.) समुहको तर्फबाट विगत ५ वर्षदेखि निरन्तर रुपमा सञ्चालक समितिमा रहेर काम गरिसकेका ब्यक्ति हुन् ।

यस्तै, सोही बैठकले सुमन मुलेपतीलाई पनि संचालकमा नियुक्ति गरेको छ । उनी संस्थापक सेयरधनी सिटिजन बैंक इन्टरनेसनल लिमिटेडको प्रतिनिधित्व गर्दै संचालकमा नियुक्त भएका हुन् । संचालक मुलेपती सो बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत हुन् । 

 
 



सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।