निरन्तर बजार बढ्दा छोटो अवधिमा केहि कम्पनीको मूल्य राम्रोसँग बढेको थियो । उक्त नाफा सुरक्षित गर्न लाग्दा बजारमा दबाव सिर्जना भएको लगानीकर्ताहरुको बुझाई छ । अर्कोतर्फ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिकाे समीक्षा गर्ने मिति नजिक हुँदैछ । यस्तो अवस्थामा लगानीकर्ताहरु नाफा सुरक्षित गरी थप राणनीतिक रुपमा बस्दा बजारमा सामन्य अंकको करेक्सन भएको नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन ।
यद्यपि, समग्रमा बजारका लागि एकपछि अर्को सकारात्मक खबरहरु आइरहेका छन् । लामो अवधि पछि धितोपत्र बोर्डले नेतृत्व पाएको छ । प्रणालीमा थुप्रिएको तरलता, निरन्तर घटेर एकोहोरा अंकमा झरेको ब्याजदरले बजारलाई उर्जा दिएको पोखरेलको बुझाई छ । अब नेपाल राष्ट्र बैंकले पुँजी बजारलाई सहज गर्ने नीतिहरु लिनु पर्ने छ । बजारलाई नियमन गर्ने बहानामा नियन्त्रण गर्न नमिल्ने उनको धारणा छ ।