चार महिनामा निर्जीवन बीमाको व्यापार १४ अर्ब, अग्रस्थानमा रह्याे सगरमाथा लुम्बिनी

Nov 28, 2024 06:05 PM MeroLagani



चालु आर्थिक वर्ष २०८१/०८२ को चार महिनामा निर्जीवन बीमा कम्पनीहरूले १४ अर्ब रुपैयाँभन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् । चालु आवको साउनदेखि कात्तिक मसान्तसम्म १४ वटा निर्जीवन बीमा कम्पनीहरूले १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

४ महिनामा सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स परेको छ। कम्पनीले १ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेकाे छ । त्यसैगरी सिद्धार्थ प्रिमियर, शिखर, नेको, हिमालयन एभरेष्ट, आईजीआई प्रुडेन्सियलले एक अर्ब रुपैयाँभन्दा धेरै बीमाशुल्क संकलन गर्न सफल भएका छन् । अन्य निर्जीवन बीमा कम्पनीहरूको व्यापार १ अर्बभन्दा कम छ।

दोस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ४६ करोड २६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने तेस्रो नम्बरमा स्थानमा ओर्लिँदै शिखर इन्स्योरेन्सले १ अर्ब ४१ करोड रुपैयाँ संकलन गरेको छ । विगतका दिनहरूमा शिखर पहिलो स्थानमा रहँदै आएको थियो । चालु आवको तेस्रो त्रैमासदेखि शिखर तेस्रो स्थानमा झरेको हो ।

नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १४ कराेड र आईजीआई इन्स्योरेन्सले १ अर्ब १३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, एनएलजी इन्स्योरेन्सले ९४ करोड १९ लाख, दि ओरिन्टल इन्स्योरेन्सले ९२ करोड ८६ लाख, यूनाईटेड अजोडले ८४ करोड १ लाख, नेपाल इन्स्योरेन्सले ७८ करोड ६८ लाख, सानिमा जीआईसीले ७७ करोड ९३ लाख, प्रभु इन्स्योरेन्सले ६२ करोड ७५ लाख, राष्ट्रिय बीमा कम्पनीले ६१ करोड ४९ लाख र नेशनल इन्स्योरेन्सले ४९ करोड ३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

लघु निर्जीवन बीमा गरे २५ करोड १४ लाखको व्यापार

लघु निर्जीवन बीमा कम्पनीको लागि बीमा प्राधिकरणले ४ वटा कम्पनीलाई इजाजत दिएको छ । ४ वटा बीमा कम्पनीले ४ महिनामा कुल २५ करोड १४ लाख रुपैयाँको व्यापार गरेका छन् । चार लघु बीमा कम्पनीमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले ७ करोड ८० लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ६ करोड ४१ लाख रुपैयाँ, ट्रस्ट माइक्रो इन्स्योरेन्सले ५ करोड ९३ लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले ५ करोड ८९ लाख रुपैयाँको व्यापार गरेका छन् ।

 




comments powered by Disqus

मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंक मौन, भएन कुनै नीतिगत परिवर्तन

Nov 29, 2024 10:34 AM

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा राष्ट्र बैंक मौन देखिएको छ। केन्द्रिय बैंकले शुक्रबार सार्वजानिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कुनै पनि नीतिगत परिवर्तन गरेको छैन।