परराष्ट्रमन्त्रीको चेतावनी पछि ‘इकोनोमि क्लास’लाइ पर्दाले ढाकेर ‘विजनेश क्लास जस्तै’ बनाउंदै हिमालय एअरलाइन्स

Nov 29, 2024 02:39 PM mero lagani



सोमबार चीनको चार दिने औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको यात्राको लागि हिमालय एयरलाइन्सले विशेष तयारी गरेको छ ।

उक्त विमानमा ‘बिजनेस क्लास’ रहेको छैन । त्यसैले उक्त विमानमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, मुख्य सचिवलगायतका उच्च अधिकारीको लागि विमानको अगाडिका केही ‘इकोनोमी सिट’लाई विशेष खालको पर्दाले बेरेर ‘बिजनेस क्लास’ जस्तै बनाउन थालिएको एयरलाइन्स स्रोतले जानकारी दिएको छ । ‘परराष्ट्र मन्त्री, मुख्य सचिव, प्रधानमन्त्रीको सचिवालयका पदाधिकारी र सरकारका उच्च अधिकारी गरि करिब एक दर्जनको लागि त्यस्तो व्यवस्था गर्न लागिएको छ’ स्रोतले मेरो लगानीसंग भन्यो ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले हिमालय एयरलाइन्सबाटै जाने इच्छा गरेपछि परराष्ट्र मन्त्रालयले विमानमा विशेष सुविधा के के छन् भनेर सोधखोज गरेको थियो । त्यसक्रममा विजनेश क्लास नरहेको जानकारी पाएपछि ‘जसरी भएपनि विशेष व्यवस्था गर्न’ भन्दै परराष्ट्र मन्त्रालयले आदेश दिएपछि ‘पर्दाले ढाकेर विजनेश क्लास जस्तो’ बनाउन लागिएको हो । अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि ओली सोही एयरलाइन्सबाट चीन भ्रमणमा गएका थिए । त्यतिबेला कुनै विशेष व्यवस्था गरिएको थिएन, उनी इकोनोमी क्लासमै यात्रा गरेका थिए ।

तर, यसपटक परराष्ट्रमन्त्री डा. आरजु राणाले ‘प्रधानमन्त्रीको इज्जतको ख्याल राख्न’ भन्दै काम चलाउ रुपमा पर्दाले ढाकेर विजनेश क्लास जस्तै बनाउन लागिएको छ ।

 




comments powered by Disqus

मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंक मौन, भएन कुनै नीतिगत परिवर्तन

Nov 29, 2024 10:34 AM

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा राष्ट्र बैंक मौन देखिएको छ। केन्द्रिय बैंकले शुक्रबार सार्वजानिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कुनै पनि नीतिगत परिवर्तन गरेको छैन।