काठमाडौको कमलपोखरीमा शनिवार आयोजित साधारणसभाले डिल्लीराम बसेल, नयन्ँद्र बास्तोला, बासुदेव खरेल, केवलप्रसाद फुँयाल र भुपाल चालिसे रहेको पाँच सदस्यीय संचालक समिति चयन गरेको हो ।
साधारणसभा लगत्तै बसेको संचालक समितिको बैठकले डिल्लीराम बसेललाई संचालक समितिको अध्यक्ष चयन गरेको छ । कम्पनीको साधारणसभाले विभिन्न बार्षिक प्रगति प्रतिबेदन र लेखापरीक्षण प्रतिबेदन पारित गर्नुका साथै प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन समेत गरेको छ ।
कम्पनीले तत्कालका लागि धितोपत्र बजारमा लगानी बढाएर सेयरधनीलाई आउने बर्ष राम्रो प्रतिफल दिने अठोट गरेको छ । ५० करोड जारी पूँजी रहेको कम्पनीमा ३५ करोड रुपैयाँ संस्थापक लगानी रहने र जारी पूँजीको ३० प्रतिशत अर्थात १५ करोड बराबरको सेयर सर्बसाधारणमा जारी गरिने बताईएको छ । कम्पनी अधिकृत पूँजी भने दुई अर्ब रहेको छ । कम्पनीले निकट भबिष्यमा आफ्नो पूँजी बढाएर लगानीको दायरा फराकिलो बनाउने रणनीति लिएको अध्यक्ष बसेलले बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतमा सेयर बजारका लगानीकर्ता तिलक कोइराला छन् ।