यो गोल्ड साझेदारीले नेपालको मनपर्ने खेल र यससँगै जोडिएका नेपालीका भावनाहरुलाई सम्बोधन गर्ने कम्पनीकाे भनाइ छ । क्रिकेटसँग पङ्क्तिबद्ध भएर,टेक्नोले राष्ट्रिय गौरवको भावना जगाउँदै, नेपालीहरूलाई खुशी र उत्साह प्रदान गर्ने लक्ष्य राखेको छ । कम्पनीका अनुसार टेक्नो र एनपिएलको साझेदारीले नेपाली क्रिकेट भविष्यलाई आकार दिदैँ प्रविधि र खेल समुदायहरूलाई सशक्त बनाउने क्षमता राखेको छ ।
नेपाली क्रिकेटले जस्तै,टेक्नोले नेपाली युवाहरूलाई परिभाषित गर्ने जोश, दृढता, लगनशीलता, क्षमता र सम्भावनाको प्रतिनिधित्व गर्ने कम्पनीले जनाएकाे छ। टेक्नोका ब्रान्ड एम्बेसडर, लोकप्रिय क्रिकेटर आसिफ शेखले जनकपुर बोल्ट्स टोलीको नेतृत्व गर्दैछन् । यो साझेदारीले खेलकुद र टेक्नोलोजी बीचको सम्बन्ध उजागर गरेको कम्पनीले बताएकाे छ।
टेक्नो, ७० भन्दा बढी देश र पाँच महादेशका क्षेत्रहरूमा रहेको टेक दिग्गज, नवीनतम र उत्कृष्ट प्रविधि ल्याउन प्रतिबद्ध ब्रान्ड हो । "स्टप एट नथिङ"को नारा बोकेको टेक्नोले, एआइ टेक्नोलोजी सहितको नवीनतम प्रविधिको सहज पहुँच र किफायती शुल्कमार्फत नेपालीहरुलाई उत्कृष्ट सुचना प्रविधि प्रदान गर्दै आएको कम्पनीले जानकारी दिएकाे छ । नेपालका रमाइला शहरहरूदेखि सुन्दर र शान्त दुर्गम पहाडी क्षेत्रहरूमा समेत, टेक्नोले असाधारण गुणस्तर, अतुलनीय सेवा, र भरपर्दो नेटवर्क कभरेजको साथ कनेक्टिभिटी र पहुँचमा क्रान्तिकारी परिवर्तन गरिरहेको समेत कम्पनीकाे दाबी छ । यसमा ठूला डिस्प्ले, गुणस्तरीय क्यामेरा, टिकाउ ब्याट्री र सहज वारेन्टीजस्ता सुविधाहरू पाउन सकिन्छ ।