उक्त सम्झौतापत्रमा नेपाल डीपीका सीइओ अन्जनराज पौडयाल र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राजजंग थापाको उपस्थितिमा हस्ताक्षर गरिएको थियो। साझेदारीले नेपाली खेलकुदको विकास र वृद्धिमा योगदान पुग्नुको साथै पुँजी बजारको विकासमा जागरुकता ल्याउने अपेक्षा गरिएको छ । नेपाल डीपीले नेपाल प्रिमियर लिग (एनपीएल)कोे दौरान आफ्ना विभिन्न प्रडक्ट तथा सेवाहरुमा विशेष छुटको घोषणा गरेको छ । नेपाल डीपीले लिगको दौरान विभिन्न वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरु समेत आयोजना गर्नेछ ।
फ्रेन्चाइजको सबभैन्दा ठूलो विदेशी खेलाडी आईपीएल २०१६ को फाइनलका स्टार बेन कटिङ्ग हुन् । उनले विराट कोहलीको आरसीबीलाई पराजित गरेका थिए। यसका साथै, भारतका यू–१९ विश्वकप विजेता कप्तान उन्मुक्त चन्द, इंग्ल्याण्डका उदाउँदो स्टार टम मूरस, क्यानडाका कप्तान साद बिन जफर र वेस्ट इन्जिनका रामोन सिस्मन्ड्स फ्रेन्चाइजका प्रमुख विदेशी खेलाडीहरू हुन्। फ्रेन्चाइजका राष्ट्रिय खेलाडीहरूमा बिबेक यादव, सन्दिप जोरा र सूर्य तामाङ रहेका छन् ।
नेपाल प्रिमियर लिगमा आठ वटा फ्रेन्चाइज भाग लिएका छन् र प्रतियोगिता २०२४को नोभेबर ३०मा सुरू भइसकेको छ।लुम्बिनी लायन्सले २०२४को डिसेम्बर ४ मा विराटनगर पहिलो खेल खेल्नेछ ।