नेपालको सबैभन्दा महँगो लक्जरी गाडी एक हप्ताभित्रमै बिक्री

Dec 05, 2024 05:11 PM Merolagani



नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका एकमात्र आधिकारिक आयातकर्ता र डिलर, लक्ष्मी प्रिमियम मोटर्सले ७ करोड पर्ने देशकै सबैभन्दा महँगो लक्जरी गाडी BMW X7 xDrive 40i ल्याएको एक हप्ताभित्र बिक्री गरेको छ ।

कम्पनीका अनुसार, यो मोडल कार्तिक २९, २०८१ मा नेपाल आयात गरिएको थियो।

अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबूती, सुरक्षा, शक्ति, र विलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी हो ।

यस बिक्रीले नेपाली उपभोक्ताबीच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई प्रस्ट रूपमा उजागर गरेको छ।

कम्पनीले जनाए अनुसार BMW X7 xDrive 40i को छोटो समयमा भएको सफल बिक्रीले नेपालमा प्रिमियम गाडीहरूको बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ । यो उपलब्धिले नेपाली बजारमा लक्जरी गाडीहरूको बढ्दो प्रभावलाई थप सशक्त बनाएको छ ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।